विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौँ - फिफा विश्वकप( २०२६ छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
एशियाली फूटबल महासंघ एएफसीले पहिलो राउन्डको खेलतालिका सार्वजनिक गरेको छ । जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो राउन्डमा ‘होम एन अवे’ का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ ।

अहिले नेपाल फिफा वरियतामा १७५औं स्थानमा छ । नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औं स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। पहिलो राउन्डमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । यसका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक टोली घोषणा गरेका छन् ।