मेयरको निधनप्रति उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका पालिकाहरुमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै त्यस दिन आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन् । नकर्मीको बिहीबार निधन भएको थियो ।