माेरङमा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ की झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरतलाई पक्राउ परेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार उनीहरूले रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको दस्तखत, वडा कार्यालयको छाप र लेटरप्याड किर्ते गरी सिफारिस बनाएको उजुरी परेपछि पक्राउ गरिएको हो। उनीहरुले मालपोत कार्यालयमा जग्गा पास गर्दा घरबाटोको सिफारिसकाे लागि सरकारी छाप र दस्तखत किर्ते गरेकाे आरोप छ ।