श्राेत नखुलेको १५ लाखसहित काठमाडौंबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित आइतबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बा.प्र.०२–१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।