निलम्बित मुख्यसचिव अर्यालयलाई धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । 

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी दोषी ठहर भएका हुन् । अन्तशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो ।