गएराति देखि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलाली, लमजुङ, काठमाण्डौ, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोटलगायतका ठाउँमा धेरै पानी परेको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरु र बाँकी तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।