चिनको प्रायः सबै नाकाबाट सुन तस्करी धन्दा मौलाउदै ४ केजी सुन सहित ५ जना दोलखाको सिमा बाट पक्राउ

दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काको कमान्ड मा ईलाका प्रहरीकार्यलय सिंगटीबाट खटिगएका प्रहरी निरीक्षक बिक्रम लामाको टोलिले विगु गाउँ पालिका लामबगर जामुनेबाट चिनको नाका हुँदै लामबगर जामुनेमा गए राती ४ किलो सुन सहित ३ जना पक्राउ  गरेको छ, थप २ जना पछि पक्राउ परेका छन् ।

४ केजी सुन बरामद गरि सुन सहित  ३ जनालाई पक्राउ गरि  प्रारम्भिक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी  प्रमुख डिएसपी दिपक खड्काले बताए ।

सुन तस्करी तिब्बती सिमा लामबगर नाका प्रयोग गरि ४ केजी सुन भित्र्याएको आशंका गरिएको छ। सुन तस्करीमा पक्राउ परेका  नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरु विगु लामबगरका रहेका बुझिएको छ। छानबिन अनुसन्धानकै क्रममा रहेकोले पुष्टि नभै नाम खुलाउन नसकिने डिएसपी खड्काले जानकारी दिए।

बरामद गरिएको सुन प्रहरी प्रशासन स्थानीय जन प्रतिनिधि व्यवासायीको रोहवरमा मुचुल्का गरि   बरामद गरेका सुन सक्कली भएकोे प्रहरीको अनुसन्धानले खुलेको पक्राउ परेका ३ जना तस्करीमा सामेल देखिएको छ।अनुसन्धानका लागि ५,६  जना पक्राउ परेका   दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । तर पुष्टि भने जिल्ला सुन सुनचाँदी व्यवासायी महासंघले जांच  पड्ताल गरेपछि मात्र प्रमाणिात हुने प्रमुख जिल्ला अधिकारी धमलाले बताए 

पछिल्लो समय सुन तस्करी चिनको विभिन्न नाका सिमाना प्रयोग गरि रसुवागढी सिन्धुपाल्चोकको तिब्बती सिमा   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतमा १००  केजी सुन  बरामद भएको सुन तस्करी चिनबाट हुँदै आएको छ। नेपाल सरकार र चीनिया सरकारले एस विषयमा कुटनैतिक वार्ताको माध्यमबाट समाधान खोज्नुको विकल्प छैन । सुन तस्करी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा चिन र नेपालको  गम्भीर चासो र प्रश्न उब्जिएको छ। राष्ट्रिय मौद्रिकनीति अर्थतन्त्रमा ठुलो असर पुर्याउने निष्चित छ ।