अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।