एनसेल प्रकरण : छानबिन समितिले प्रधानमन्त्री प्रचण्डलाई बुझायो प्रतिवेदन

काठमाडौं / एनसेल सेयर  बिक्री प्रकरण बारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । डेढ महिना अघि गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धान छानबिन पुरा गरेर सोमबार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।