एसिसी प्रिमियर कप सेमिफाइनल : आज नेपालले कुवेतसँग भिड्दै

काठमाण्डौँ - नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ ।

समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।  

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ। नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।