वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा एकजना पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भएर नैकाप बस्ने सूर्यबहादुर सुनुवार छन् । 

४२ वर्षीय सुनुवारलाई चन्द्रागिरी नगरपालिका–१४ स्थित नैकापबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ग्रिस पठाउँछु भनेर उनले एकजना पीडितबाट २ लाख ६० हजार ठगेका हुन् । आरोपीलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको एसपी आचार्यले जानकारी दिए ।