धादिङमा कुन पालिकालाई कति बजेट ?

धादिङ - अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक भयो । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

धादिङका हरेक पालिकामा पनि बजेट बिनियोजन भएको छ । धादिङको लागि संघीय सरकारले ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँ अनुदान विनियोजन गरेको हो । जसअनुसार, गल्छी गाउँपालिकामा ३६ करोड ५ लाख रूपैयाँ विनियोजन भएको छ । धुनिवेशी नगरपालिकालाई ३६ करोड ६१ लाख रुपैया विनियोजन भएको छ । यस्तै निलकण्ड नगरको लागी ७० करोड ११ लाख बिनियोजन भएको छ । गजुरी गाउँपालिकालाई जम्मा बजेट ३५ करोड ३२ लाख बिनियोजन भएको छ । यस्तै थाक्रे गाउँपालिकाको लागी ३९ करोड ६ लाख रुपैयाँ बिनियोजन गरेको छ । सिद्धलेक गाउँपालिकाको लागी ३७ करोड २१ लाख रुपैयाँ बिनियोजन भएको छ । ज्वालामुखि गाउँपालिकाको लागी ३४ करोड ८४ लाख रकम बिनियोजन भएको छ ।