पूर्वाधार विकास कार्यालय चौताराका सव–इन्जिनियर हिराबाबु थापासहित तीनजनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौताराका सव इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

अख्तियारले दोलखाको विगुस्थित पिपल डाँडा ग्रामिण सडकको स्तरोन्नतीको भुक्तानी लिने क्रममा सव इन्जिनियर हिराबाबु थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्वा शेर्पाले सेवाग्राहीसँग कमिशनवापत ८० हजार रकम लिएको जनाएको छ । थापाले शिवाकोटी र शेर्पालाई सेवाग्राहीसँग उक्त रकम लिन लगाएको अख्तियारले जनाएको छ ।