बैकुण्ठ प्रसाद उपाध्यायको तीन वटा गीतको भिडिओ एकसाथ सार्वजनिक (भिडिओ)

काठमाडौं - चलचित्र निर्माता एवम् गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले आफ्नो तीन वटा गीतको भिडिओ काठमाडौंमा एकसाथ प्रिमियर गरेका छन् ।

यी गीतहरूको वरिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र निर्माता/ निर्देशक तथा हास्यकलाकार सन्तोष पन्त र चलचित्र निर्देशक प्रकाश सायमीले संयुक्त विमोचन गरेका हुन् ।

हेर्ने भन्दा पनि बैकुण्ठका गीतहरू सुन्ने गीत बनेको राजेन्द्र थापाले बताए । राजेशले गीतको शब्द र भावलाई न्याय गर्दै निकै आकर्षक भिडिओ बनाएको प्रतिक्रिया पनि थापाले दिए ।

यस्तै, प्रकाश सायमीले नेपाली संगीतमा ढिलै भए पनि आफ्ना गीतबाट बैकुण्ठ प्रसाद उपाध्यायको उपस्थिति प्रसंसनीय भएको बताए ।