काठमाडौंमा बलात्कार आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा शुक्रबार राति प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङ छन् । उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा डेरा गरी बस्दै आएका थिए ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । भंगालस्थित कालिका पार्कमा उनले बलात्कार गरेको उजुरी प्रहरी कार्यालयमा दिइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।