४ हजार घुस लिने नापी कार्यालय नवलपरासीका अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकालले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । केही दिनअघि बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।