भ्रष्टाचारहुने सूचीको अग्रस्थानमा नेपाल, सयमा १०८ औं स्थान

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा नेपालमा अझै व्याप्त भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेकोे तथ्य सार्वजनिक गरेकोछ । नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा कायम रहेको ट्रान्सपरेन्सीले  औंल्याएका छन् ।

विश्वका विभिन्न मुलुकमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी  गरेको भ्रष्टाचार अवधारणा सूचकांक ( सीपीाआई ) २०२३ मा नेपालले सयमा ३५ अंक प्राप्त गरेर १०८ औं स्थानमा रहेकोछ । अघिल्लो वर्ष सयमा ३४ अंक प्राप्त गरेको थियोे ।

सुशासनमा ५० अंक भन्दा कम ल्याउने देशलाई भ्रष्टाचार गर्ने सूचीमा राख्ने गरिन्छ । यस वर्ष औसत अंक ४३ रहेकोछ र एसिया प्रशान्त औसत स्कोर ४५ रहेको छ । विश्वमा धेरै मुलुकहरूमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ। गत वर्ष ११० औं मुलुकको स्थानमा रहेको नेपाल अहिले १०८ औं स्थानमा उक्लिएको छ।

सूचकांक अनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशमा सुचिकृत भएका छन् । ती मुलुकले १०० अंकमा ९० पाएका छन् । फिनल्यान्डले ८७ अंक र न्युजिल्यान्डले ८५ अंक पाएका छन् सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सोमालिया १८० औं स्थानमा रहेकोे छ।