आज सुनचादीको भाउ स्थिर, कतिमा हुँदैछ कारोवार?

आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।