काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्चाएको बताएका छन् ।
बुधबार बिहान एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले भारतको नवउद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्साप्रति आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।