राष्ट्रिय सभाको विधायन समितिबाट मर्यादाक्रमसम्बन्धी विधेयक पारित, यस्तो छ नयाँ मर्यादाक्रम पूर्णपाठ

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन तयार गरेको छ । समितिको सोमबार बसेको बैठकले प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय सोमबारको बैठकले गरेको छ । समितिले तयार पारेको प्रस्तावमा शिक्षकको मर्यादासम्बन्धी व्यवस्था पनि समेटिएको छ ।

विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औँ स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१औँ स्थानमा राखिएको छ ।

यस्तो छ मर्यादाक्रमसम्बन्धी प्रतिवेदन