आठ करोड रुपैयाँ खर्च गर्न २० करोडका सडकबार भत्काइँदै

साँघुरा सडक चौडा पार्नलाई बैतडी जिल्लामा  आएको आठ करोड रुपैयाँ खर्च गर्न २० करोड रुपैयाँमा  जडान गरिएका सडक स्टिल क्रस बेरियर भत्काउन थालिएको छ। सडकमा लगाएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको जोखिम बढेको छ।

शुक्रबार बैतडी - बझाङ जोड्ने जयपृथ्वी मार्ग सडकको पाटन नगरपालिका - ८ झौलेकनजिक ट्याक्टर दुर्घटना हुँदा चालक राजेश चौधरीसहित स्थानीय मानसिंह विष्टको मृत्यु भएको छ।