कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ? 

काठमाण्डौँ - कोसीमा सभामुखलाई पनि जोडेर बहुमत पु¥याइएपछि  उद्धव थापा विश्वासको मत पाउने सम्भावना कम छ । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । थापाले विश्वासको मत पाउन राप्रपाले समर्थन गर्नुपर्नेहुन्छ । तर, सरकार निर्माणकै लागि साथ नदिएको राप्रपाले विश्वासको मत दिने अवस्था पनि कम देखिन्छ ।

कोसीमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ सभामुखसहित, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाको एक सिट छन् । बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।