आगो निभाउँने क्रममा जलेर गम्भीर घाइते भएका एक सैनिकको मृत्यु

डोल्पा जिल्ला मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर  घाइते भएकासैनिकमध्य एक जनाको मृत्यु भएको छ । थप उपचारका लगि काठमाडौं रिफरको तयारीमा रहेका देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका - ४ का २४ वर्षको हेमन्त रावतको मृत्यु भएको हो। 

डोल्पा ठुूलोभेरी नगरपालिका - ३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका चारजना सैनिक घाइते भएका थिए ।