आज कोशीमा सार्वजनिक विदा

काठमाडौँ - कोशी प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा प्रदेशभर विदा दिएको हो । अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर विदा दिएको प्रदेश सरकारले जनाएको छ ।