नेपालगञ्जमा स्करपियोले ठक्करदिदा एक पुरुष र महिलाको मृत्यु

बाँकेको नेपालगञ्जमा जिपले ठक्कर दिदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै गएराति स्कारपियो गाडीले ठक्कर दिँदा परिचय खुल्न नसकेका दुई जनाको मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका महिला र पुरुषको सनाखत हुन सकेको छैन । उनीहरूको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।