images

नेपाली काँग्रेसको नयाँ नेतृवका लागि आज मतदाता ,७ हजार २५५ प्रतिनिधिले मत दिने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि मतदाता हुने भएको छ । सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी नेतृत्व चयनका लागि मतदाता गर्नेछन् ।

मतदानका लागि काठमाडौंका तिन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभागृहमा बाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधि , खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदाताको व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले खुलामञ्चमा नै मतदाता गर्ने छन् ।

त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदाता केन्द्र तोकिएको छ ।

सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी बीच प्रतिस्पर्धा हुने भएको छ ।  किशोरसिंह राठौरले सुरुमा सभापतिमा उम्मेदवारी दिनुभए पनि पछि उम्मेदवारी फिर्ता लीइ गगन थापालाइ समर्थन गर्नुभएको छ । यस अघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्प भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार २२ असोज २०८३ ०६:१८ AM मा प्रकाशित

प्रतिक्रिया