१ कराेड रुपैयाँभन्दा धेरै विदेशी मुद्रासहित दरबारमार्गबाट ३ भारतीय पक्राउ

प्रहरीले काठमाण्डौको दरबारमार्गमा रहेको क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका गुलाब सिंह, रिसब पावा र गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । क्यासिनो प्यालेसको भुइँ तलामा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

उनीहरूको साथबाट एक करोड एक लाख २६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएकाे यस विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।