images

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका  मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ । गजुरेलले गत मंसिर २० गते दिएको राजीनामा एक महिनापछि स्वीकृत भएको हो।

प्रधानमन्त्री कार्यालयले बिहीवार २० देखि नै लागु हुने गरी गजुरेलको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति गर्नुभएको थियो 

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेल प्रमुख राजनीतिक सल्लाहकारको भूमिकाको जिम्मेवारी भन्दा प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालको चुरिफुरी र हालीमुहाली देखि आजित भएपछि प्रमुख सल्लाहकारबाट गजुरेलले पदबाट राजीनामा दिएको खुलासा भएको छ।

 

शनिबार २१ पुस २०८० ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया