images

आज १० औं संविधान दिवस मनाइँदै

काठमाडौं, असोज ३ । नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरि १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। विसं २०७२ असोज ३ गते संविधानसभाबाट  नेपालको संविधान जारी भएको ऎतिहासिक दिनको सम्झनामा प्रत्येक  वर्ष  दिवस मनाउने गरिन्छ। 

दिवसको अवसरमा काठमाण्डौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा  राष्ट्रपति , प्रधानमन्त्री र विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको छ।

सरकारले आज देशभर र विदेशस्थिति नेपाली दूतावासहरुमा दिपावली मनाउने र राष्ट्रिय झण्डा फहराउन आव्हान गरेको छ । यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी र विभुषणद्वारा सम्मानित गरिँदैछ। 

सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्ने यो संविधानले समावेशी र धर्मनिरपेक्ष नेपाल को जग बसालेको दिनका रूपमा नेपाली जनताले यसलाई उत्सवका रूपमा मनाइरहेका छन् ।

शनिबार ३ असोज २०८३ ०२:२१ PM मा प्रकाशित

प्रतिक्रिया