आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्यो

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसामा किनबेच हुनेछ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा तथा क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ रहने छ ।

यता, क्यानेडियन १ को खरिददर ९७ र बिक्री दर ९८।४४ मा कारोबार हुनेछ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहने छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७८ रुपैयाँमा किनबेच हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १२.१७ रुपैयाँ छ भने बिक्री दर १२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।