बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस दमारगाउँमा आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।