images

ललितपुरका सीडीओ र प्रहरी प्रमुख एसएसपी हटाइए डिएसपीसहित तीन जना निलम्बित

ललितपुर बालकुमारीमा भएको शुक्रबार दुई जना युवकको ज्यान जानेगरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पन्डितलाई मन्त्रालय फिर्ता र ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )सिद्धीबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको हो।

यसैगरी घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक डिएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका सुरक्षा अधिकारी प्रहरी सहाय निरीक्षक (असई ) बोधराज दनुवारलाई निलम्बन छ। ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरिएको छ।

घटना भएको भोलिपल्ट शनिबार बिहान प्रधानमन्त्री गृहमन्त्रीसमेतका सुरक्षा निकायका सुरक्षा प्रमुखबीच भएको  छलफलमा ललितपुरका  प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णय अनुसार पन्डित र शाहलाई मन्त्रालय  फिर्ता बोलाएको हो।

आइतबार​ १५ पुस २०८० ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया