५२ वर्षीया महिलाले महिनावारी सुकेको पाँच वर्षपछि जुम्ल्याह सन्तान जन्माइन

 काठमाण्डौँ - महिनावारी सुकेको पाँच वर्षपछि काठमाडौंकी एक ५२ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छिन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया महिलाले आईभीएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुबै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ ।