भोलि सार्वजनिक विदा

दार्चुला - आइतबार शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक विदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतबार सार्वजनिक विदा दिएङ्का हुन् ।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।