नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पाेरेशनबाट इन्धनकाे मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएकाे हाे । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ र हवाइ इन्धनतर्फ ६ रुपैयाँका दरले घटेको छ ।

जसअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर १५४.५०, दोस्रो वर्गमा १४६ र तेस्रो वर्गमा १४७ रुपैयाँ पुगेको छ । नयाँ मूल्य मङ्गलबार देखि लागू हुने निगमले जनाएको छ ।

 

0