आज माघ १९ , तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासन सत्ता लिएको दिन

काठमाडौं । आज माघ १९ , तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर  राजनीतिक कु गरेको दिन । पुर्व राजा शाहले २०६१ माघ १९ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई हटाएर प्रत्येक्ष राजनैतिक शासन सत्ता आफ्नै हातमा लिएका थिए । तत्कालीन राजाले प्रधानमन्त्रीलाई हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा  माघ १९ गतेलाई प्रजातान्त्रिक कु गरेको दिनका रूपमा लिइने गरिन्छ ।

तत्कालीन राजाको कदमले तत्कालीन राजनीतिक  ७ दल र नेकपा माओवादी राजनीतिका   १२ बुँदे सहमतिको जगको आधारमा २०६२/ ६३ को जनआन्दोलनले नेपालमा २ सय ३८ वर्षीय राजसंस्थाको अन्त भएको थियोे ।