गोली हानेर नेपाली सेनाका जवानले गरे आत्महत्या

नवलपुरमा  नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन् । कावासोती स्थित नगरपालिका - ७ का बाँदरझुला नयाँ  गोर्खा गण ख गुल्म अमलटारी सेक्टरमा रहेको पोस्टमा कार्यरत नेपाली सेनाका जवान  अन्दाजी २२ वर्षका सुदीप  मिजारले आत्महत्या गरेका हुन् । आज दिउँसो साढे १२ बजे सैनिक जवानले आफैंले बोकेको मिनी  गणबाट घाँटीमा गोली चलाउँदै आत्महत्या गरेका हुन् ।