नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ । बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो ।

अख्तियारको टोलीका केही सदस्य अझै कार्यालयमै रहेको स्रोत बताउँछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ ।