केन्द्रमा सत्ता फेरबदलसँगै गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

केन्द्रिय सत्तामा समीकरण फेरबदलसँगै त्यसको असर प्रदेश सरकारमा देखिन सुरु गरेको छ। गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् । दुबै मन्त्रालय हालका लगि मुख्यमन्त्री आफै मातहत राखेका छन् ।