सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

 काठमाण्डौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ ।

सीटीईभीटीले भोलि शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा सूचना जारी गरी स्थगित गरेको हो । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो ।