नेपाली बजारमा ओप्पो ए७८ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं - ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए७८ सार्वजनिक गरेको छ । विभिन्न आधुनिक फिचरसहित प्रतिस्पर्धात्मक मूल्यमा ओप्पो ए७८ नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ ।

एफएचडी प्लस एमोलेड डिस्पले, डुअल स्टेरियो स्पिकर, लाइटिनिङ फास्ट ६७ वाटको सुपरभोक सीटीएम फ्ल्यास चार्ज र ५० हजार एमएएचको ब्याट्री रहेको छ ।

एन्ड्रोइड कलर ओएस १३.१ र थप महत्त्वपूर्ण अपग्रेड पाउने ए७८ लाई चार वर्षसम्म कुनै बाधारहित तरिकाले चलाउन मिल्ने गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
 
सुपरफास्ट ६७ वाटको सुपरभोक सीटीएम फ्ल्यास चार्ज र ५ हजार एमएएचको ब्याट्री रहेको ओप्पो ए७८ ले आफ्नो मूल्यको दायरामा रहेको कुनै पनि स्मार्टफोनमा सबैभन्दा छिटो फ्ल्यास चार्जिङ गति प्रदान गर्ने कम्पनीको दाबी छ । फोन ४४ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

ब्याट्रीले २७४ दिनको स्ट्यान्डबाइ (फ्लाइट मोड) वा १६.३७ घण्टाको युट्युब भिडियो उपलब्ध गराउन सक्ने कम्पनीको दाबी छ ।

६.४ इञ्चको स्क्रिनमा ९० हर्जको रिफ्रेस रेट र  १८० हर्ज टच र ६०० निट्ससम्मको ब्राइटनेस फोनमा छ । ओप्पो ए७८ मा ५० मेगापिक्सलको मुख्य क्यामेरा छ ।
 
फोनमा  ८ जीरबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ । फोनको मूल्य ३२ हजार ९९९ तोकिएको छ ।