आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एकलाख ७ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।चाँदीको मूल्य गत आइतबार यता स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।