काठमाडौं ,१९ कात्तिक बिहीबार । गत शुक्रबार प्रहरीले धरपकड गरेका सञ्चारगृहमा पुगेर पेस काउन्सिल नेपालले घटनाको जानकारी लिएको छ।
काउन्सिलका सदस्य रविराज बराल नेतृत्वको टोली बुधबार नयाँ पत्रिका दैनिक, नेपाल पेस र दियो पोष्टको कार्यालयमा पुगेर जानकारी लिएको हो ।
नेपाल प्रहरीले गत शुक्रबार समाचारकै विषयलाई लिएर तीन पत्रकारलाई केही समय नियन्त्रणमा लिएको थियो भने अन्य पत्रकारलाई पनि पक्राउ गर्न सञ्चारगृहमा प्रहरी टोली खटाएको थियो ।
प्रतिक्रिया