कात्तिक १९ बिहीबार , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सहकारी कार्यालयमा बढुवा भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार १८ गते विशेष अदालत काठमाडौंमा भट्टराईविरुद्ध आरोपपत्र दायर गरेको हो ।
सेवामा प्रवेश गर्दा तथा विभिन्न पदमा बढुवा हुन प्रयोग गरेको शैक्षिक प्रमाणपत्रको आधिकारिकतामाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
प्रतिक्रिया