सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्ष अगाडिको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नवलपुर मध्यविन्दु नगरपालिका–१४ का मोहन नेपालीलाई प्रहरीले गैँडाकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी नवलपुरका डिएसपी जेसी शाहले जानकारी दिए ।

पक्राउ परेका नेपालीले चलाएको ना२ख ६६७५ नम्वरको बसले ०६६ को फागुनमा नारायणघाट–बुटवल सडकखण्डको झराही खोलामा लु३त ५१७९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीका विनोद भुसालको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा मोटरसाइकलमा सवार अन्य दुईजना समेत घाईते भएका थिए । घटना लगत्तै फरार  नेपालीलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाईएको डिएसपी शाहले बताए ।