आजदेखि प्रदर्शन हलमा चलचित्र ‘बहाव’

काठमाडौं- आजबाट सिनेमा हलमा ‘बहाव’ प्रदर्शनमा आएको छ। अन्य फिल्महरु रिलिज नहुँदा प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यस फिल्मले सोलो रिलिजको मौका पाएको हो।

सोलो रिलिजको मौका पाए पनि फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो भने पाउन सकेको छैन।

‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई मुख्य थिम बनाएको फिल्ममा श्रीधर पौडेललको लगानी छ। श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए।

यो  फिल्ममा सुरक्षा पन्न र कमणमणी नेपाल मुख्य भूमिकामा रहेका  छन् भने  कमलमणी बुवा र सुरक्षा छोरीको भूमिकामा रहेका छन।  अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो ।

सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने, छदर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ।’

फिल्ममा सुरक्षा र कमलमणिका साथै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय गरेका छन्।