'केही त बोली देउन’मा मोबिन र सुनिताको रोमान्स (भिडियोसहित) 

काठमाडौँ - अमेरिकामा बसेर फिल्म निर्माण सम्बन्धि अध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको ‘केही त बोली देउन’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । मोबिन अमेरिकामा पाइलट विषय अध्ययन गरिरहेका छन् । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन् । सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

यसअघि बिक्रमको शब्दमा रहेको ‘अतालिन्छ यो मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ । नयाँ भिडियो ‘न्यू क्रियशन प्रोडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।


link:https://youtu.be/tLJaz7rn960