सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला अदालतमा उपस्थित

सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जिल्ला अदालतमा उपस्थित भएकी छिन् । गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको झन्डै २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि फरार रहेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेशी तोकिएको छ । अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

मुद्दा लागेका २६ मध्ये एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन् ।