उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने, राष्ट्रपतिको विषयमा छलफल हुने

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड बुधबार उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनै निवास बालकोट पुगेका थिए । अध्यक्ष ओलीसँगको छलफलमा अफूहरुबीच उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाउन सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

भोलि बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने पनि प्रचण्डको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको भोलि बस्छौँ, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’ राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुनेछ । नेकपा एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति पदको दावी गरिरहेको छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहका प्रचण्ड भने सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।