नेपाल भ्रमणमा रहेकी युएसएआइडी प्रमुख सामन्था आज स्वदेश फर्किँदै

काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएआईडी प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् । नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयनमा जोड दिएकी थिइन् ।